‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’ « Khabarhub

‘ह्विमले देश अघि बढ्दैन, नेपालीले आफ्नै इतिहासबाट सिकौँ’

खेल्दाखेल्दै, जिस्किँदाजिस्किँदै नेपाल नरहने दिन आउन सक्छ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन–जी युवा मिराज ढुंगानाले सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भावनामा नबग्न आग्रह गरेका छन्।

आइतबार फेसबुकमा लेख्दै उनले ‘नयाँ पुस्ताका झोलेहरूले केही वर्षपछि देश वर्षौँ पछाडि परेपछि मात्र बुझ्ने’ टिप्पणी गरेका छन्।

२०६४ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीको ‘ह्विम’ रहेको बताउँदै उनले अहिले ‘घण्टीको ह्विम’ देखिएको अवस्थामा इतिहासबाट सिक्नुपर्ने बताएका छन्।

‘इतिहासले देखाइसकेको छ, ह्विमले देशलाई कहीँ पुर्‍याएको छैन,’ उनले लेखेका छन्, ‘आफ्नो देशको विषयमा आफ्नो मतले निर्णय गरौँ।’

उता सामाजिक अभियन्ता ई:ई ले पनि राजनीतिक अस्थिरता र भावनात्मक उक्साहटप्रति चिन्ता व्यक्त गरेका छन्। ‘खेल्दाखेल्दै, जिस्किदाजिस्किदै नेपाल नै नरहने दिन आउन सक्छ,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।

२३ भदौमा शान्तिपूर्ण प्रतिबद्धता र पवित्र उद्देश्यसहित सुरु गरिएको नवयुवाको आन्दोलन त्यही दिन नियन्त्रणबाहिर गएको उनले बताए।

२४ गतेको विध्वंसपछि सरकार र सुरक्षा संयन्त्र कमजोर बनेको अवस्थामा केही समूहले भारतीय र अमेरिकी दूतावासलाई निशाना बनाउने प्रयासबारे सूचना उपल्लो तहसम्म पुगेको दाबी उनले गरेका छन्।

त्यस्तो अवस्थामा भित्रबाट गोली चलेको भए स्थिति झन् जटिल बन्ने र राज्य असफलतासम्म पुग्ने खतरा रहेको उनले उल्लेख गरेका छन्। ‘सुरक्षा कायम गर्ने नाममा विदेशी सैनिक आगमनसम्मको अवस्था बन्न सक्थ्यो,’ उनको भनाइ छ।

त्यतिबेला प्रधानमन्त्री चयनका सन्दर्भमा विभिन्न नामहरू चर्चामा आएका थिए। आनी छोइङ डोल्मा जस्ता राजनीतिक अनुभव कम भएका व्यक्तित्वदेखि कल्याण श्रेष्ठसम्मका नाम अगाडि आएको उल्लेख गर्दै उनले आधारभूत संवैधानिक विषयमा मतभेदका कारण सर्वस्वीकार्य नेतृत्व चयन कठिन बनेको बताएका छन्।

अन्ततः सुशीला कार्कीले परिस्थितिको गम्भीरता बुझेर जिम्मेवारी लिनुपरेको प्रसंग पनि उनले स्मरण गरेका छन्। त्यसबेला निर्वाचनमार्फत राज्यसंरचनामा जनविश्वास पुनर्स्थापित गर्नु नै प्राथमिकतामा परेको उनले बताएका छन् ।

विश्वव्यापी अस्थिरताको सन्दर्भ जोड्दै उनले आगामी चुनाव नेपालकै इतिहासमा सबैभन्दा महत्वपूर्ण हुनसक्ने बताएका छन्।

‘तपाईंको मतको ओज यति धेरै कहिल्यै थिएन,’ उनले लेखेका छन्, ‘लहडीमा लाग्ने स्वतन्त्रता सबैलाई छ, तर विवेक प्रयोग नगरे त्यसको मूल्य महँगो हुन सक्छ।’

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : २४ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय