कराचीको अमेरिकी वाणिज्य दूतावासमा आक्रमण, मृतकको संख्या ९ पुग्यो « Khabarhub

कराचीको अमेरिकी वाणिज्य दूतावासमा आक्रमण, मृतकको संख्या ९ पुग्यो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण गर्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

आक्रमणकारीहरूले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर भवनका केही भागमा आगजनी गरेका थिए। त्यहीकारण भवनका केही हिस्सामा आगो लागेको थियो।

त्यसक्रममा सुरूमा ६ जनाको मृत्यु भएको बताइएको थियो। तर पाकिस्तानी अनलाइन डनका अनुसार अहिलेसम्म मृतकको संख्या ९ पुगेको छ।

ईदी फाउन्डेशनको उद्धार टोलीका अनुसार प्रदर्शनकारीहरूले दूतावासमा पस्ने कोसिस गरेका थिए । त्यसपछि पुलिसले भीडलाई हटाएको थियो । जसका क्रममा कयौँ मानिस घाइतेसमेत भए।

एधीको विज्ञप्तिअनुसार, स्थिति नियन्त्रणमा लिन कानुन कार्यान्वयन निकायले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्नुपरेको थियो।

पाकिस्तानी अनलाइन डनसँग कुरा गर्दै प्रहरी शल्यचिकित्सक डा. सुम्मैया सईदले छवटा शव कराँचीको सिभिल अस्पतालमा ल्याइएको जानकारी दिइन्।

यसअघि जारी गरिएको विज्ञप्तिमा ईदी फाउन्डेशनले आफ्ना एम्बुलेन्समार्फत शवहरू र कैयौँ घाइतेलाई सिभिल अस्पताल कराँची पुर्‍याइएको जनाएको थियो।

सिन्धका गृहमन्त्री जियाउल हसन लनजरले राँचीका अतिरिक्त महानिरीक्षक (एआईजी) आजाद खानसँग घटनाबारे तत्काल विवरण मागेका छन्।

‘कसैलाई पनि कानुन आफ्नै हातमा लिन दिइने छैन,’ लञ्जारलाई उद्धृत गर्दै उनको कार्यालयले जनाएको छ। उनले संवेदनशील स्थलहरूको सुरक्षा अझै प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

गृहमन्त्रीले यातायात सहज राख्न वैकल्पिक मार्ग तय गर्न र कानुन कार्यान्वयन निकायलाई पूर्ण सतर्क अवस्थामा रहन तथा परिस्थितिको नजिकबाट निगरानी गर्न पनि निर्देशन दिएका छन्।

‘कानुन तथा व्यवस्था बिगार्ने तत्वविरुद्ध कानुनअनुसार कारबाही गरिनेछ,’ उनले चेतावनी दिए।

बिहान ११ बजे जारी गरिएको अद्यावधिक सूचनामा कराँची ट्राफिक प्रहरीले सुल्तानाबाद ट्राफिक सेक्सनदेखि माई कोलाचीतर्फ जाने दुवै लेन प्रदर्शनका कारण बन्द रहेको जनाएको छ।

वैकल्पिक मार्गबारे जानकारी दिँदै ट्राफिक प्रहरीले जिन्ना पुलबाट आउने सवारी साधनलाई आई.आई. चुनड्रिगर रोडतर्फ पठाइएको, बोट बेसिनतर्फबाट आउने सवारीलाई माई कोलाची फाटकबाट यु–टर्न गराएर फर्काइएको र पीआईडीसी तर्फबाट आउने सवारीलाई पार्क कटबाट फिर्ता पठाइएको जनाएको छ।

ट्राफिक प्रहरीले असुविधा टार्न वैकल्पिक मार्गका लागि ट्राफिक हेल्पलाइन १९१५ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ‘ट्राफिक प्रहरी मैदानमा उपस्थित छ र सवारी आवागमन व्यवस्थापन गरिरहेको छ,’ सूचनामा भनिएको छ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको संयुक्त अमेरिका–इजरायल सैन्य कारबाहीमा मृत्यु भएको समाचार सार्वजनिक भएपछि उक्त घटना भएको हो ।

इरानमा आक्रमणपछि अमेरिका र इजरायलविरुद्ध विश्वव्यापी रुपमा आक्रोश र विरोध देखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ५३ बजे

‘निर्वाचनको पूर्वव्यवस्था सबै सम्पन्न भइसकेको छ’

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ

तस्बिरमा यस्तो देखियो कांग्रेस काठमाडौं १० को चुनावी सभा

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० मा चुनावी सभा

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि