इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु « Khabarhub

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले आफ्नो देशमाथि १३७ वटा मिसाइल र २०९ वटा ड्रोन प्रहार गरेको जनाएको छ।

आबु धाबी इन्टरनेशनल एयरपोर्टमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा सात जना घाइते भएका छन् ।

विश्वकै व्यस्त विमानस्थलमध्ये पर्ने दुबई इन्टरनेशनल एयरपोर्टलाई पनि निशाना बनाइँदा उक्त हताहती भएको हो ।

यसैबीच इरानले दुबईस्थित जेबेल अली पोर्टमा पनि आक्रमण गरेको यूएई सरकारले जनाएको छ।

आक्रमणपछि बन्दरगाह क्षेत्रबाट धुवाँको मुस्लो उठेको देखिएको छ। यसअघि इरानले साउदी अरेबियाको राजधानी रियादमाथि पनि आक्रमण गरेको जनाइएको थियो।

त्यसैगरी बुर्ज खालिफा नजिक यूएईको हवाई प्रतिरक्षा प्रणालीले एउटा ड्रोनलाई खसालेको रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ०२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम