मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन « Khabarhub

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गरेका छन् ।

उनले आइतबार मोरङको बूढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको बताए ।

मोरङ क्षेत्र नम्बर ६ बाट पटकपटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उनले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएकाले पार्टीभन्दा माथि उठेर उनलाई जिताउनुपर्ने बताएका छन् ।

मोरङ ६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले मोरङ ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गरे ।

सबै एक भएर मोरङ ६ को समृद्धिलाई अगाडि बढाउने विनोद ढकालमात्रै उपयुक्त पात्र भएको उनले बताएका छन्। आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गरेका छन्।

उनको प्रवेशसँगै र समर्थनसँगै नयाँ युवाहरूको भावना र ऊर्जालाई अगाडि बढाउन विनोद ढकाललाई थप सहयोग पुग्ने र यसले विजयको यात्रालाई सुनिश्चित गरेको नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ४६ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना