इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो « Khabarhub

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ । आइतबार उसको बायुसेनाले नयाँ चरणको हमला थालेको हो ।

इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार, इरानी वायुसेनाले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको हो।

इरानले आफ्ना लडाकु विमानहरूले खाडी मुलुकहरू र इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी बेसहरूलाई निशाना बनाएको दाबी गरेको छ।

कतारमाथि इरानी हमला

इरानको मिसाइल आक्रमणपछि कतारको राजधानी दोहाको आकाशमा कालो धुवाँ देखिएको छ।

ओमान तटनजिक तेल ट्यांकरमा आक्रमण

उता ओमानको तट नजिक एक तेल ट्यांकरमा आक्रमण भएको छ। समुद्री सुरक्षा अधिकारीहरूका अनुसार ‘स्काई लाइट’ नामक उक्त ट्यांकर मुसन्दम तटबाट करिब १० किलोमिटर टाढा रहेको थियो।

उक्त हमलामा चार जना घाइते भएका छन्। जहाजमा रहेका २० सदस्यीय चालकदललाई सकुशल उद्धार गरिएको जनाइएको छ।

तेहरानमा इजरायली आक्रमण

यसैबीच इजरायलले इरानको राजधानी तेहरनामा आक्रमण सुरु गरेको जनाएको छ। आक्रमणमा त्यहाँका कैयौँ सरकारी भवनहरूलाई निशाना बनाइएको बताइएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : १८ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)