इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो « Khabarhub

इरानी वायुसेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूलाई निशाना बनायो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी सेनाले मध्यपूर्वस्थित अमेरिकी बेसहरूमा फेरि हमला थालेको छ । आइतबार उसको बायुसेनाले नयाँ चरणको हमला थालेको हो ।

इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार, इरानी वायुसेनाले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको हो।

इरानले आफ्ना लडाकु विमानहरूले खाडी मुलुकहरू र इराकको कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी बेसहरूलाई निशाना बनाएको दाबी गरेको छ।

कतारमाथि इरानी हमला

इरानको मिसाइल आक्रमणपछि कतारको राजधानी दोहाको आकाशमा कालो धुवाँ देखिएको छ।

ओमान तटनजिक तेल ट्यांकरमा आक्रमण

उता ओमानको तट नजिक एक तेल ट्यांकरमा आक्रमण भएको छ। समुद्री सुरक्षा अधिकारीहरूका अनुसार ‘स्काई लाइट’ नामक उक्त ट्यांकर मुसन्दम तटबाट करिब १० किलोमिटर टाढा रहेको थियो।

उक्त हमलामा चार जना घाइते भएका छन्। जहाजमा रहेका २० सदस्यीय चालकदललाई सकुशल उद्धार गरिएको जनाइएको छ।

तेहरानमा इजरायली आक्रमण

यसैबीच इजरायलले इरानको राजधानी तेहरनामा आक्रमण सुरु गरेको जनाएको छ। आक्रमणमा त्यहाँका कैयौँ सरकारी भवनहरूलाई निशाना बनाइएको बताइएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : १८ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक