आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली « Khabarhub

आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दमक– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रहसमेत रहेको बताएका छन् । 

यो निर्वाचनले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने उनले बताएका हुन्  ।  

फागुन २१ को प्रतिनिधीसभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्‌नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरूसँग साक्षात्कार गरिरहेका छन् । 

यसै क्रममा आइतबार दमक १ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत संग्रहको रुपमा लिनु पर्ने बताएका हुन् । 

उनले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्योल गर्ने उनले बताए  । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैँका लागि थान्को लगाउनु पर्ने पनि बताए । 

नेपालाई विदेशीको परेड खेल्ने स्थल हुन बाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरि रहेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ३३ बजे

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य