‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’ « Khabarhub

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरे पनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताएका हुन् । 

आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यस पटक चुनावमा हुन नपाएको उनको भनाइ छ ।

त्यस्तै सभापति थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरे ।

जेन-जी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए । 

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने धारणा राखे  ।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफूले अस्वाभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २६ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई