रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने, विष्णु पौडेललाई दबाब « Khabarhub

रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने, विष्णु पौडेललाई दबाब


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।

प्रत्यक्षतर्फ यस क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएको राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचारसँग नजिक कांग्रेसका तर्फबाट यस क्षेत्रका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाएको हो ।

राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले पार्टी फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको बताए ।

राप्रपाले ०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ पाँच हजार ६०० मत प्राप्त गरेको थियो ।

अहिलेको अवस्थामा अन्य पार्टीको तुलनामा कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले यस क्षेत्रबाट प्रत्यक्षतर्फको भोट पौडेललाई दिने निर्णय गरेको पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

राप्रपाको यो निर्णयले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि दबाब बढेको छ। त्यहाँ पौडेललाई कांग्रेसका चुन्न र रास्वपाका सुलभ खरेलले टक्कर दिँदैछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २४ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई