परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ « Khabarhub

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ ।

अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमलप्रसाद ढकालले यस्तो बताएका हुन् ।

उनले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले भने, ‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्रमन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।’

त्यस्तै उनले अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरु सुरक्षित रहेको र मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरू त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको जानकारीसमेत गराए ।

‘अहिले सम्मको जानकारी अनुसार मध्यपूर्वका नेपाली सुरक्षित हुनुहुन्छ । मध्यपूर्वस्थित विभिन्न मूलुकका १० वटा नेपाली नियोग त्यहाँका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेर मन्त्रालयमा रिपोर्ट गरिरहनु भएको छ,’ उनले भने । मन्त्रालयका अनुसार हाल मध्यपूर्वमा करिब १७ लाख २९ हजार २८८ नेपाली छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ३८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको