यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते « Khabarhub

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

अबुधाबी- संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल आक्रमणका क्रममा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको यो आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्।

यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्यूजले उल्लेख गरेअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन सामना गरिसकेका छन्।

मन्त्रालयले आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक मिसाइल नष्ट गरिएको जनाएको छ। जसमा आठवटा समुद्रमा खसेको मन्त्रालयले जनाएको छ।

त्यस्तै दुई क्रुज मिसाइल र ३११ ड्रोन नष्ट गरिएको दाबी मन्त्रालयले गरेको छ। २१ वटा ड्रोन भने नागरिक क्षेत्रमा गएर खसेका थिए ।

मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपण गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ नष्ट गरिएका छन् । १३ समुद्रमा खसे। ५४१ ड्रोनमध्ये ५०६ अवरोध गरी नष्ट गरिएका छन् । ३५ देशको बस्ती क्षेत्रमा खसेका थिए, जसबाट भौतिक क्षति भएको छ।

घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको समाचार गल्फ न्युजले प्रकाशित गरेको छ। मारिएका ती नागरिकहरूको नाम र अन्य विवरण खुलाइएको छैन।

घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक छन्।

हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन अवरोध गर्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ। साथै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ५३ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा