देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.) « Khabarhub

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।

आइतबार काठमाडौंमा आयोजित चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो।

कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बी.पी.) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ।

नेपाली कांग्रेस (बी.पी.) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

माहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।

नेपाली कांग्रेस बीपी समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको कांग्रेसका नेताहरूले बताएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ०९ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७