‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’ « Khabarhub

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् ।

हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।
 
सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्म संस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो ।  
 
उनले विशेषगरी फागु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको जानकारी दिए  । 

आयोजक सापकोटाले भने, ‘भौगोलिक रूपमा नेपालबाट टाढा रहे पनि धार्मिक तथा सांस्कृतिक हिसाबले हामीजस्ता परदेशीको मन नेपालमै छ । फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षाेल्लासका साथ फागु खेलेर पर्व मनायौँ । फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीकाबीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । अब अर्को वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : १८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा