इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते « Khabarhub

इजरायलमा इरानी मिसाइल आक्रमण, एकैठाउँ मर्नेको संख्या ८ पुग्यो, २७ जना घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलको बेइत शेमेश सहरमा इरानले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

इजरायली आपतकालीन सेवाका अनुसार कम्तीमा २७ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मिसाइल आवासीय क्षेत्रमा खसेपछि ठूलो क्षति भएको जनाइएको छ। उद्धार तथा खोजी टोली, चिकित्सक तथा हेलिकोप्टर घटनास्थलमा परिचालित छन्। बेइत शेमेश, यरुशलमबाट करिब ३० किलोमिटर पश्चिममा पर्छ।

अलजजिराका अनुसार उक्त आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र करिब २७ जना घाइते भएको उल्लेख गरिएको छ।

कुवेत ९७ मिसाइल र २८३ ड्रोन प्रहार

यसैबीच कुवैतको रक्षा मन्त्रालयले इरानले आफ्नो देशमाथि ९७ ब्यालिस्टिक मिसाइल र २८३ ड्रोन प्रहार गरेको जनाएको छ।

कुवेती वायुसेनाले धेरै मिसाइल र ड्रोन अवरोध गरी नष्ट गरेको दाबी गरेको छ। तर केही स्थानमा खसेको भग्नावशेषका कारण भौतिक क्षति र घाइते भएको खबर आएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : २४ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा