इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते « Khabarhub

इरानी आक्रमणबाट कुवेतमा एक जनाको मृत्यु, ३२ घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण भएको आक्रमणमा एकजनाको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ। घाइतेहरूको अल–अदान अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

जारी वक्तव्यअनुसार शनिबार बिहानदेखि यूएई वायुसेना र हवाई प्रतिरक्षा बलले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोनको सामना गरेको छ।

तीमध्ये १५२ ब्यालिस्टिक मिसाइल नष्ट गरिएका, १३ समुद्रमा खसेका र दुवै क्रुज मिसाइल पत्ता लगाई नष्ट गरिएको उल्लेख गरिएको छ।

यसैबीच संयुक्त अरब इमिरेट्समा शनिबार र आइतबार भएका इरानी आक्रमणमा तीन जनाको मृत्यु र ५८ जना सामान्य रूपमा घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार दिउँसो जानकारी दिएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ४८ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)