मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन « Khabarhub

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक रोजगारीमा जानको निम्ति दिँदै आएको श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै १२ देशको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको हो ।

‘मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै मध्यपूर्वका साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल समेतका देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति हाललाई स्थगन गरिएको छ,’ वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले बताए । अर्को निर्णय नभएसम्मको लागि श्रम स्वीकृति स्थगन गरिएको उनले जनाए ।

अमेरिका/इजरायल र इरानबीचको युद्ध चर्किएपछि नेपाल सरकारले यस्तो निर्णय लिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट १२ देशको श्रम स्वीकृति स्थगन गरिएको हो ।

अमेरिका र इजरायलले शनिबार बिहान अचानक इरानमाथि आक्रमण सुरु गरेका थिए । त्यसपछि इरानले इरानमाथि प्रत्याक्रमण सुरु गरेको थियो । इरानले मध्यपूर्वका यूएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, इराक लगायतका देशमा रहेका अमेरिकी सैन्य वेशहरुमा पनि आक्रमण गरिरहेका छ ।

युद्ध मध्यपूर्वमा फैलिएपछि नेपाल सरकारले ती क्षेत्रमा रहेका १२ देशका लागि दिँदै आएको श्रम स्वीकृति अर्को निर्णय नहुन्जेलसम्मको लागि स्थगित गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली कार्यरत छन् । इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, यूएईमा लगभग सात लाख, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ३९ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका