आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर « Khabarhub

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको ठहर गरेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा अनुगमन टोली खटाएर ४२ जिल्लामा अनुगमन गरेको थियो । आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयहरूबाट खटिएको अनुगमन टोली अनुगमनमा गएका थिए । आयोगले प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि छलफल गरेको थियो ।

अनुगमन सम्पन्न भएपछि आयोगले आइतबार विज्ञप्तिमार्फत समाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन/प्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, सम्भावित अवाञ्छित गतिविधिहरू हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गरी निर्वाचनलाई मानवअधिकारमैत्री बनाई नागरिकको मानवअधिकारको सम्मान गर्न आयोग नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ ।”

अनुगमन प्रतिवेदनमा देशका विभिन्न भागमा र्‍याली तथा सभाहरूमा बालबालिकाको सहभागीता, उमेदवारहरूले अनुमतिबिना बढी सवारीसाधन प्रयोग गरिएको, मतदाताहरूलाई अनुचित प्रभाव पार्ने प्रयास, दलका कार्यकर्ता र समर्थकहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी गालीगलौज, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा नपुगेको, आचारसंहिताविपरीत भौतिक रूपमा चुनाव चिह्नको प्रयोग, पत्रकारहरूमाथि धम्की तथा कुटपिट, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरू निर्वाचनको प्रचारप्रसारमा सहभागी, बिनाअनुमति व्यक्तिका घरहरूमा प्रचार सामग्री र झण्डा टाँगिएकोलगायत कारण देखाउँदै आचारसंहिता उल्लंघन भएको बताएको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न सबै पक्षसँग आग्रहसमेत गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण रहने हुँदा सबै पक्षले धैर्यता र संयमता अपनाउन आवश्यक रहेको पनि जनाइएको छ ।

यस्तै, आयोगले दलका नेता र उम्मेदवारहरूबीचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारी जस्ता विषय सकारात्मक रहेको पनि अनुगमन प्रतिवेदनमा औँल्याइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ४५ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन