टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको हो । वेस्टइन्डिजका रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे ।

१५ ओभरसम्म वेस्टइन्डिजको स्कोर ४ विकेटमा १२५ रन थियो। अन्तिम ५ ओभरमा टोलीले आक्रामक ब्याटिङ गर्दै ७० रन थप्यो । रोवमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ३५ बलमा अविजित ७६ रनको महत्वपूर्ण साझेदारी गरे। यसअघि कप्तान शाई होप र रोस्टन चेजले ५३ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।

यस्ताे छ दुवै टोलीको प्लेइङ–११

भारत
सञ्जु स्यामसन (विकेटकिपर), अभिषेक शर्मा, ईशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रीत बुमराह र वरुण चक्रवर्ती।

वेस्टइन्डिज
शाई होप (विकेटकिपर तथा कप्तान), रोस्टन चेज, शिमरोन हेटमायर, रोवमन पावेल, शेरफन रदरफोर्ड, अकील हुसैन, रोमारियो शेफर्ड, जेसन होल्डर, म्याथ्यु फोर्ड, गुडाकेश मोती र शमार जोसेफ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : १६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको