टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य « Khabarhub

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको हो । वेस्टइन्डिजका रोस्टन चेजले ४० रन बनाए भने जेसन होल्डर ३७ रनमा अविजित रहे ।

१५ ओभरसम्म वेस्टइन्डिजको स्कोर ४ विकेटमा १२५ रन थियो। अन्तिम ५ ओभरमा टोलीले आक्रामक ब्याटिङ गर्दै ७० रन थप्यो । रोवमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ३५ बलमा अविजित ७६ रनको महत्वपूर्ण साझेदारी गरे। यसअघि कप्तान शाई होप र रोस्टन चेजले ५३ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।

यस्ताे छ दुवै टोलीको प्लेइङ–११

भारत
सञ्जु स्यामसन (विकेटकिपर), अभिषेक शर्मा, ईशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रीत बुमराह र वरुण चक्रवर्ती।

वेस्टइन्डिज
शाई होप (विकेटकिपर तथा कप्तान), रोस्टन चेज, शिमरोन हेटमायर, रोवमन पावेल, शेरफन रदरफोर्ड, अकील हुसैन, रोमारियो शेफर्ड, जेसन होल्डर, म्याथ्यु फोर्ड, गुडाकेश मोती र शमार जोसेफ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : १६ बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य