दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल « Khabarhub

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उमेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

आइतबार एमाले दाङ–२ ले घोराहीमा आयोजना गरेको ‘रोड शो’लाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका हुन् । दाङको समृद्धिका लागि संकल्पपत्र तयार पारेर आफू निर्वाचनमा होमिएको भन्दै पोखरेलले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर आफू अगाडि बढेको हुँदा निर्वाचनमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको बताए । दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्त्वपूर्ण छनोट भएको बताए ।

पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे । उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरेको बताए ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै पोखरेलले भने, ‘प्रदेश राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएका कारण अहिले देउखुरीमा विकास हुँदै गएको छ ।’

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : २९ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र