दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल « Khabarhub

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उमेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रूपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

आइतबार एमाले दाङ–२ ले घोराहीमा आयोजना गरेको ‘रोड शो’लाई सम्बोधन गर्दै महासचिव पोखरेलले दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका हुन् । दाङको समृद्धिका लागि संकल्पपत्र तयार पारेर आफू निर्वाचनमा होमिएको भन्दै पोखरेलले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर आफू अगाडि बढेको हुँदा निर्वाचनमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको बताए । दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्त्वपूर्ण छनोट भएको बताए ।

पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे । उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरेको बताए ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै पोखरेलले भने, ‘प्रदेश राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएका कारण अहिले देउखुरीमा विकास हुँदै गएको छ ।’

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : २९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन