कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा « Khabarhub

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आँफैबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताएका छन् ।

भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उपसभापति शर्माले पार्टी सभापति गगनकुमार थापा मन्त्री हुँदा सम्पत्ति घट्यो कि बढ्यो भनेर होस् वा शेरबहादुर देउवाको सम्पत्ति घट्यो कि बढ्यो भनेर छानबिन आफ्नै पार्टीका नेताबाट सुरु गर्ने बताए ।

भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याएर देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै उनले कोही अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भ्रममा नपर्न आग्रह गरे ।

एउटा व्यक्तिले होइन, देश बदल्न टोली नै चाहिन्छ भन्दै उपसभापति शर्माले भने, “कोही अमूक व्यत्तिःलाई प्रधानमन्त्री बनाएर देश बदलिन्छ भन्ने होइन, गगन थापालाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा पनि हामी छैनौँ ।” उनले टिम बलियो भए मात्रै देश बदलिने बताउँदै कांग्रेससँग देश बदल्ने शक्ति र क्षमता रहेको बताए ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कवेँ, भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेवार कविर राणालगायतले जनताले परिवर्तनको महसुस नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ३० बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन