वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत « Khabarhub

टी–२० विश्वकप

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै भारत समेफाइनलमा पुगेको हो । अब भारतले ५ मार्चमा मुंबईको वानखेड़े स्टेडियममा इंग्ल्यान्डसँग भिड्नेछ।

कोलकाताको ईडन गार्डन्समा भएको खेलमा वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन र जेसन होल्डरले अविजित ३७ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिएका थिए ।

वेस्टइन्डिजले अन्तिम ५ ओभरमा ७० रन जोड्दै कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको थियो । १५ ओभरमा उनीहरूको स्कोर ४ विकेटमा १२५ रन थियो।

रोवमन पावेल र जेसन होल्डरले पाँचौं विकेटका लागि ३५ बलमा अविजित ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि कप्तान शाई होप र रोस्टन चेजले ५३ बलमा ६८ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थिति दिएका थिए।

१९६ रनको लक्ष्य पछ्याउँदै भारतको सुरुवात डगमगाएको थियो । अभिषेक शर्मा र ईशान किशनले समान १०–१० रनमा पवेलियन फर्किनुपरेको थियो । तिलक वर्माले १५ बलमा २७ रन बनाए भने कप्तान सूर्यकुमार यादवले १६ बलमा १८ रनको योगदान दिए ।

तर, संजू स्यामसनले टिकेर अविजित ९७ रनको निर्णायक पारी खेले । उनले आफ्नो इनिङ्समा ४ छक्का र १२ चौका प्रहार गरे। यस जितसँगै भारतले सेमिफाइनल प्रवेश गरेको छ र आगामी खेलमा इंग्ल्यान्डसँग भिड्ने तयारीमा जुटेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ११ : ०४ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा