वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट « Khabarhub

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज क्यालेन्डर भद्रगोल हुँदा अपेक्षित संख्यामा फिल्म प्रदर्शनमा आउन सकेनन् ।

देशको राजनीतिक घटनाक्रमले यो वर्ष स्थापित मेकरहरूले नै फिल्म प्रदर्शनमा ल्याउन सकेनन् । यो वर्ष ५० भन्दा केही बढी फिल्म मात्रै प्रदर्शनमा आए । विगतको तुलनामा यो कम हो ।

फिल्मको व्यापार यो वर्ष दयनीय नै देखिन्छ । बक्स अफिसमा चार फिल्महरू ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ हिट भए ।

विगतका वर्षमा हिट फिल्म दिने नायकहरूको यो वर्ष फ्लप रहे । हिट लिस्टका रेगुलर मेकहरू यो वर्ष गुमनाम देखिए ।

हिट लिस्टमा नयाँ निर्देशक

यो वर्ष दुई डेब्यू निर्देशकले हिट फिल्म दिए । डेब्यू निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ र अर्का डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’ले ‘परान’ हिट फिल्म दिए ।

यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने फिल्म नै ‘परान’ हो । यस फिल्मले १७ करोड ७७ लाखभन्दा बढी व्यापार गरेको छ ।
यो सर्वाधिक हिट नेपाली फिल्मको सूचीमा चौथो स्थानमा आउँछ ।

नवीन चौहानको ‘ऊनको स्वीटर’ सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा सुरुवाती १५ मा परेको छ । चन्द्र पन्तको दोस्रो निर्देशनमा बनेको ‘आबाट आमा’ले १३ करोडको व्यापार गरेको छ ।

सुयोग गुरुङको निर्देशनमा तेस्रो निर्देशनमा बनेको फिल्म ‘जेरी अन टप’ले १२ करोडभन्दा बढी व्यापार गरेको हो ।

नीर शाहको क्लाइमेक्स, अनमोल र पलका लागि फलदायी

यो वर्षको सबैभन्दा हिट फिल्मको शीर्ष कलाकार नीर शाह हुन् । पाँच दशकको अभिनय करिअरमा सबैभन्दा ठूलो संख्यामा दर्शक हलमा पुगेर हेरेको उनको फिल्म यही हो ।

यो फिल्म हेर्न दर्शक हलमा उर्लिएपछि शाहले भनेका थिए, ‘यो फिल्म मेरो अभिनय करिअरको क्लाइमेक्स हो ।’

युवा पुस्तामा राम्रो फ्यान फलोइङ भएका नायकद्वय पल शाह र अनमोल केसीले यो वर्ष करिअरकै सबैभन्दा हिट फिल्म दिए । अनमोलको करिअको हिट फिल्म ‘जेरी अन टप’ हो । पलको हकमा ‘आबाट आमा’ हो ।

फिल्महरू लगातर फ्लप भएपछि ‘अनमोलको स्टारडम खोक्रो’ भन्ने टिप्पणी हाबी बनेको थियो । सोहीकारण उनले करिअरको दोस्रो इनिङको घोषणा गरेका थिए ।

दोस्रो इनिङको दोस्रो फिल्म हिट बनाएर अनमोलले आफ्नो स्टारडम कायम रहेको पुष्टि गरे ।

पुरानो विवादले पललाई मेकरहरूले लगातर फिल्मबाट निकाल्ने क्रम चलिरहेको बेला ‘आबाट आमा’ गरेका हुन् । अन्य मेकरहरू राजनीतिक घटनाक्रमले दर्शक हलमा आउने वातारण छैन भन्दै डराइरहेको बेला पलको फिल्म हिट भयो ।

पलले यो वर्ष आफू दर्शकले प्रिय नै रहेको भनेर प्रमाणित गरिदिएका छन् । पलले फेरि आफ्नो डिमान्ड फर्काएका छन् ।

बढी फिल्म दिने नायकको सबै फ्लप

यो वर्ष सबैभन्दा बढी फिल्म दिने नायक दयाहाङ राई र सौगात मल्ल हुन् । दयाहाङले सात र सौगातले पाँच फिल्म दिए । तर, यी दुवै नायकको फिल्मको व्यापार दयनीय छ ।

यी स्टारहरूको केही फिल्मको हातल यस्तो छ कि केहीले ५० लाख पनि ग्रस कलेक्सन गर्न सकेका छैनन् ।

दयाहाङको फिल्म ‘मिरमिरे’ले ५० लाखभन्दा कम र ‘महाभोज’को ७० लाखभ भन्दा कम व्यापार भयो । हिट फिल्मको सिक्वेल ‘जारी २’ले पनि दयाहाङको उद्धार गर्न सकेन । यो पनि बक्स अफिसको फ्लप फिल्म हो ।

सौगातका ‘जन्ते बाख्रो’, ‘सिटामोल’ र ‘भाइरल गोर्खे’ ५० लाखभन्दा कम व्यापार गर्ने फिल्म हुन् ।

युवापुस्तामाझ राम्रो फ्यान फलोइङ भएका भनिएका प्रदीप खड्काका यो वर्ष प्रदर्शन भएका दुई फिल्म ‘पिताम्बर’ र ‘एक्लो’ फ्लप भए ।

नवनायक समीर भट्टकाे दोस्रो फिल्म ‘बलिदान’ पनि फ्लप भयो । डेब्यू फिल्मबाटै उनी स्थापित युवा स्टार कलाकारसँग तुलना भएका नायक हुन् । तर, पाँच करोड लगानीमा बनेको उनको फिल्म ‘बलिदान’ले पाँच करोड पनि ग्रस कलेक्सन गर्न सकेन ।

यो वर्ष हिट लिस्टमा परेका रेगुरल स्टार नायक विपिन कार्की मात्रै हुन् । उनी ‘ऊनको स्वीटर’बाट हिट लिस्टमा अटाएका हुन् ।

नायिकालाई हिटको क्रेडिट पाउनै सकस

यो वर्ष हिट फिल्मको जस पाउने एक मात्रै नायिका मिरुना मगर हुन् । ऊनको स्वीटर हिट भएको जस दर्शकले उनलाई दिए । अन्य फिल्मका नायिकाहरू नायककै ओझलमा परेका छन् ।

‘परान’बाट नीर शाहले मात्रै एकल क्रेडिट पाए । फिल्म हिट भए पनि उनको जोडीको भूमिकामा रहेकी पूजा चन्द र फिल्ममा सशक्त भूमिकामा रहेकी अञ्जना बराइलीको चर्चा नै भएन ।

‘जेरी अन टप’ हिट हुँदा अनमोलकै चर्चा भयो । दुई नायिका आँचल शर्मा र जशिता गुरुङको चर्चा नै भएन ।

‘आबाट आमा’को हिटको जस पलले मात्रै पाए । उनको जति चर्चा नायिकाहरूको भएन । अर्थात्, यो वर्ष नायिका केन्द्रीय भूमिकामा रहेका फिल्म हिट भएनन् । जसरी अघिल्लो वर्ष ‘बोक्सीको घर’ हिट भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : १८ बजे

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी