नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत    « Khabarhub

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा सयभन्दा बढी व्यक्ति बिरामी परेपछि सरकारी अस्पतालमा उपचार भइरहेको छ।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा रहेको बताइएको छ।

नक्कली मदिरा सेवनपछि प्रभावित व्यक्तिहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएको छ। केही बिरामीमा मिर्गौलामा समेत असर देखिएपछि चिकित्सकहरूले मिथाइल अल्कोहल (मेथानोल) का कारण विषाक्तता भएको आशंका गरेका छन्।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिनेछ। नक्कली मदिराको स्रोत तथा यसको वितरणमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १ : ३५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६