काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले आईपीएल २०२६ को रोमाञ्चक भिडन्तमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि तीन विकेटको शानदार जित दर्ता गरेको छ।
गुजरातले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्यलाई पञ्जाबले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो। पञ्जाबको जितमा ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका कूपर कोनोली नायक बने। उनले विष्फोटक ब्याटिङ गर्दै नटआउट ४४ बलमा ७२ रन जोडे ।
लक्ष्य पछ्याउने क्रममा पञ्जाबको सुरुवात मध्यम रहे पनि मध्यक्रममा कोनोली र कप्तानको सन्तुलित साझेदारीले टोलीलाई जितको दिशा दिएको थियो। गुजरातका तर्फबाट पञ्जाबविरुद्ध प्रसिद्ध कृष्णले तीन विकेट लिनु बाहेक अन्य बलर चल्न सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। गुजरातका लागि ओपनिङ ब्याटरले राम्रो सुरुवात दिलाए पनि अन्तिम ओभरहरूमा पञ्जाबका बलरहरूले कसिलो बलिङ गरेपछि गुजरात ठूलो स्कोर बनाउनबाट चुक्यो।
















प्रतिक्रिया