आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित « Khabarhub

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले आईपीएल २०२६ को रोमाञ्चक भिडन्तमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि तीन विकेटको शानदार जित दर्ता गरेको छ।

गुजरातले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्यलाई पञ्जाबले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबको जितमा ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका कूपर कोनोली नायक बने। उनले विष्फोटक ब्याटिङ गर्दै नटआउट ४४ बलमा ७२ रन जोडे ।

लक्ष्य पछ्याउने क्रममा पञ्जाबको सुरुवात मध्यम रहे पनि मध्यक्रममा कोनोली र कप्तानको सन्तुलित साझेदारीले टोलीलाई जितको दिशा दिएको थियो। गुजरातका तर्फबाट पञ्जाबविरुद्ध प्रसिद्ध कृष्णले तीन विकेट लिनु बाहेक अन्य बलर चल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। गुजरातका लागि ओपनिङ ब्याटरले राम्रो सुरुवात दिलाए पनि अन्तिम ओभरहरूमा पञ्जाबका बलरहरूले कसिलो बलिङ गरेपछि गुजरात ठूलो स्कोर बनाउनबाट चुक्यो।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ०८ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा