इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो « Khabarhub

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको फुटबल संकटमा परेको छ । मंगलबार राति सम्पन्न युरोपियन प्लेअफमा तुलनात्मक रूपमा कमजोर मानिएको ६६औं वरीयताको बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो ।

सन् २०१८ मा स्विडेन र २०२२ मा उत्तर म्यासेडोनियासँग स्तब्ध बनेको इटालीका लागि यो हारले राष्ट्रिय टोलीको खस्कँदो साखलाई देखाएको छ । बोस्नियाको बिलिनो पोल्ये रंगशालामा भएको तनावपूर्ण खेलमा इटालीले अधिकांश समय १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

खेलको सुरुवातमै मोइसे किनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर डिफेन्डर अलेसान्द्रो बास्तोनीले सिधै रातो कार्ड पाएर मैदान छाडेपछि इटाली दबाबमा आएको थियो । खेलको ७९औं मिनेटमा बोस्नियाका वैकल्पिक खेलाडी हारिस तबाकोभिचले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

“के ठीक र के गलत भन्नु सजिलो छ, तर वास्तविकता यो हो कि हामी लगातार तीन पटक विश्वकपमा छनोट हुन सकेनौं,” प्रशिक्षक जेन्नारो गाट्टुसोले हारपछि भावुक हुँदै भने, “राष्ट्रिय टोली मात्र होइन, क्लब फुटबलमा पनि हामी लक्ष्य पछ्याउन संघर्ष गरिरहेका छौं ।”

पेनाल्टी सुटआउटमा इटालीका पियो एस्पोसिटो र ब्रायन क्रिस्टान्तेले गोल गर्न चुके भने बोस्नियाका एस्मिर बाज्राक्टारेभिचले निर्णायक प्रहारलाई जाली चुमाउँदै ४–१ को जित सुनिश्चित गरे । यो जितसँगै बोस्नियाले सन् २०१४ पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको छ ।

१९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटालीको यो पतनले ‘हराएको पुस्ता’ को बहस सुरु गरिदिएको छ । १५ वर्ष मुनिका इटालियन समर्थकले आफ्नो देशले विश्वकप खेलेको अनुभव समेत गर्न पाएका छैनन् । इटालीले पछिल्लो पटक सन् २०१४ मा उरुग्वेसँग समूह चरणमा पराजित भएयता विश्वकपको मैदान टेक्न पाएको छैन ।

इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले टोली ठूलो संकटमा रहेको स्वीकार गरेका छन् । “हामी ऐतिहासिक संकटमा छौं,” उनले भने । सन् २०२१ मा युरोपियन च्याम्पियनसिप जितेर लयमा फर्किने संकेत गरेको इटालीको यो पछिल्लो हारले प्रशिक्षक गाट्टुसोमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ ।

यसैबीच अन्य प्लेअफ फाइनल खेलमा पोल्यान्डलाई ३–२ ले हराउँदै स्विडेन, कोसोभोलाई १–० ले पन्छाउँदै टर्की र डेनमार्कलाई पेनाल्टीमा पराजित गर्दै चेक गणतन्त्रले विश्वकपको यात्रा तय गरेका छन् ।ख

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : ३६ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित