इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ « Khabarhub

इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानले अमेरिका र इजरायलसँग लामो समयसम्म युद्ध गर्न तयार रहेको जनाएको छ। विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने संकेत दिएका छन्।

अराघचीले इरानले लामो समयसम्म युद्ध लड्न पूर्ण तयारी गरिसकेको बताएका छन् । परिस्थिति अनुसार संघर्ष जारी रहने उनले बताएका छन्।

उनले देशको सुरक्षा र सार्वभौमिकता सर्वोपरि रहेको उल्लेख गर्दै त्यसको रक्षा गर्न आवश्यक सबै कदम चालिने स्पष्ट पारे।

स्थल आक्रमण भए तयार

विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै स्थल आक्रमण भए इरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले भने, ‘हामी उनीहरूको प्रतीक्षामा छौँ।’

अराघचीले इरानलाई अमेरिकी स्थल आक्रमणको कुनै डर नरहेको बताउँदै जुनसुकै अवस्थाको सामना गर्न तयार रहेको बताएका छन्।

उनले भने, ‘इरान आफैं स्थल युद्ध चाहँदैन, तर यदि त्यस्तो अवस्था आएमा त्यसको उचित जवाफ दिन सक्षम छ।’

उनले अमेरिकालाई चेतावनी दिँदै यस्तो गल्ती महँगो पर्न सक्ने बताएका छन् । इरानले आफ्नो रक्षा गर्न राम्रोसँग जान्ने पनि उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ३७ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको