बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू) « Khabarhub

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्बिरहरू)


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन् ।

प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो । 

परम्पराअनुसार काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ।

जात्राका अवसरमा श्रद्धालुहरूले बौद्ध स्तूप परिसरमा छ्योमि (बत्ती) बाल्नुका साथै मृतकको नाममा ‘ङो’ पूजा गरेका छन् । लामा गुरुहरूको नेतृत्वमा विशेष ‘ङोवा मोन्लम’ पूजापाठ समेत सम्पन्न गरिएको थियो ।

तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ । सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ । 

यसरी पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने र स्वर्ग जाने विश्वास गरिन्छ । चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि सुरु हुने यो जात्रामा देशका विभिन्न जिल्लाहरू मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतबाट आएका तामाङ समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहने गर्छ।पूर्णिमाको बिहान बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाअर्चना गरेपछि जात्रा समापन हुने परम्परा छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १२ : ५७ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको