जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै « Khabarhub

जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली–  यहाँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)का प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ । 

आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो । 

आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक-आर्थिक सर्वेक्षण अन्तिम चरणमा पुगेको जनाउँदै सामाजिक प्रभाव मूल्यांकन, पुनस्र्थापना तथा आदिवासी जनजाति योजना अद्यावधिक प्रभावकारी रूपमा गर्नका लागि यो सर्वेक्षण गरिएको बताए।

आयोजना प्रमुख भण्डारीका अनुसार वाङटाङीटार, पल्ट्याङ र जलविरे क्षेत्रका लक्षित दुई सय ६३ घरधुरीमध्ये एक सय ८६ परिवारको सर्वेक्षण गरिएको छ । 

उनले भने, ‘हामीले प्रभावित परिवारको सामाजिक(आर्थिक अवस्थाको वस्तुनिष्‍ठ विवरण संकलन गरिरहेका छौँ । विशेषगरी जलाशय क्षेत्रका ऐलानी जग्गा भोगकर्ताको सर्वेक्षण आगामी महिनाभित्रै सम्पन्न गर्नेगरी तयारी थालेका छौँ ।’

आयोजना प्रमुख श्यामजी भण्डारीले जग्गाधनी पुर्जा भएका (बफर जोन)का एक सय ३१ परिवारमध्ये एक सय २५, ऐलानी जग्गा भोगकर्ता (बफर जो)का ५७ मध्ये ४३, ऐलानी जग्गा भोगकर्ता (जलाशय क्षेत्र)का ३५ घरधुरीको सर्वेक्षण सकिएको जानकारी दिए । उनका अनुसार आयोजनाको मध्यवर्ती क्षेत्रअन्तर्गत भिमाद नगरपालिका-५ स्थित वाङटाङटारका समुदायसँग परामर्श बैठक गरिएको छ ।

छलफलका क्रममा आयोजनाका तर्फबाट बफर जोनबाट प्रभावित हुने जग्गा तथा संरचनाको क्षतिको सूची, विस्तृत जाँच सर्वेक्षण, सामाजिक प्रभाव मूल्यांकन र पुनर्स्थापना तथा आदिवासी जनजातिसम्बन्धी योजना अद्यावधिक गर्नका लागि सञ्चालन भइरहेको सर्वेक्षणबारे जानकारी गराइएको थियो । 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १ : ५४ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०