एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी « Khabarhub

एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शनिबार पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिँदा साइबर आक्रमणको शिकार भएकी अमिशा पराजुलीले प्रहरीमा उजुरी दिएकी छन् ।

ओलीको रिहाई माग गर्दै गत आइतबारदेखि भइरहेको प्रदर्शनमा सहभागी हुँदा खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र कार्कयर्ताहरूले उनको चरित्र हत्या गरेका थिए।

अमिशाले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध भोटाहिटीस्थित साइबर ब्यूरोमा उजुरी दिएकी छन् । उनीसँगै आमा, दिदीसहित परिवारका सदस्य पनि साइबर ब्यूरो पुगेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले अमिशाको उजुरी दर्ता भएको बताएका छन् । उनले उजुरी आइसकेकाले अब त्यसको विवरण अध्ययनपछि कारबाही अगाडी बढाउने जानकारी दिए ।

ओलीलाई जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएपछि एमालेले गरेको विरोध प्रदर्शनमा अमिशा सहभागी थिइन् । त्यहीकारण उनीमाथि साइबर हिंसा भएको छ।

केही दिनयता अमिशालाई सामाजिक सञ्जालबाटै यौन हिंसा र बलात्कारसमेत गर्ने धम्की आइरहेको छ। कमेन्टमा गालीसँगै सामाजिक चेतना नभएका कन्टेन्ट क्रियटरलेसमेत उनको बदनाम गरिरहेका छन् । उनको नाम लिएर अश्लील र आपत्तिजनक शब्दको प्रयोग गर्नेको संख्या त अनगिन्ती छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  २ : ५६ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको