एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु « Khabarhub

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र पाका नेताहरूबीच विवाद सिर्जना भएको छ।

हाल प्रहरीको हिरासतमा रहेका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउन कस्सिँदा युवाहरूले चुनौती दिएका हुन् ।

युवा नेताहरूको तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्बाङले बलियो दाबेदारी पेश गरेका छन्।

नेम्बाङले युवाको भावना र देशमा हाल आएको परिवर्तनलाई आत्मसात गर्दै आफूलाई दलको नेता बनाउनुपर्ने माग राखेका छन् ।

उता ओलीद्वारा प्रस्तावित बादलले पनि अडान छोडेका छैनन् । अध्यक्ष ओलीको समर्थन बादललाई रहँदा सुहाङले अडान नछाडेपछि निर्वाचनको तयारी गरिएको छ।

सुहाङले पनि सहमति नजुटेमा आफू निर्वाचन फेस गर्न तयार रहेको जानकारी गराएका छन्। बादल भने सकेसम्म सर्वसम्मतिमै आफूलाई दलको नेता छाडिदिनुपर्ने अडानमा छन्।

संसदीय दलको बैठकस्थलबाट एक नेताले दिएको जानकारी अनुसार सहमति नजुटेको अवस्थामा निर्वाचनको तयारी गर्न लागिएको छ।

दलको नेतामा बादलको नाम जबरजस्ती पठाउन खोजिएको सुहाङ र उनीनिकट नेताहरूले बताएका छन् ।

दलको नेतामा बादलको नाम पठाउन खोजेपछि नेम्बाङ पक्षले रोकेको हो । नेम्बाङ पक्षले एक भोट आए पनि निर्वाचन सामना गर्ने अडान लिएको छ।

प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजे राख्न लागिएपछि संसदीय दल चयन गर्ने काम चलिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ३५ बजे

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी

गोली चलाउन आदेश दिने रिजाल छुट्दा ओली र लेखक किन हिरासतमा ?

काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो

निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ