संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने « Khabarhub

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको छ।

बुधबार कांग्रेस सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा सिंहदरबारमा बसेको बैठकले शीर्ष नेताहरूबाट सम्बोधन हुने सहमति जुटाएको हो।

यसरी सम्बोधन गर्ने शीर्ष नेतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले बोल्नेछन् ।

उनीलाई पायक नपरेको खण्डमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने सम्भावना छ ।

उता नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तालिका तय भएको छ।

नेपाली कांग्रेसले कसलाई बोल्न दिन्छ भन्ने अहिलेसम्म टुङ्ग्याएको छैन।

कांग्रेसले अझै पनि संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । सभापति गगन थापासहित अधिकांश पराजित भएको अवस्थामा दलको नेता चयन हुन बाँकी छ ।

कांग्रेसमा अहिले शेरबहादुर देउवा पक्ष र संस्थापन गगन थापा पक्षबीच किचलो देखिएको छ। केही सांसदहरू देउवा पक्षमा पनि देखिँदा झमेला हुने सम्भावना छ।

यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् । नेकपाबाट संसदीय दलको नेतामा चयन भइसकेका पुष्पकमल दाहाल प्रचण्ड बोल्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने तालिका तय भइसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : १६ बजे

ती बालेन, यी बालेन : मेयर हुँदा निहारिकाको साथमा, प्रधानमन्त्री हुँदा मुद्दा चलाउन हिरासतमा

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न