‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु « Khabarhub

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका दिव्या रायमाझीले आफ्नो भूमिका र काम गर्दाको अनुभवहरू सेयर गरेकी छन् ।

गत वर्ष ठूलो पर्दामा डेब्यू गरेकी दिव्याको यो तेस्रो फिल्म हो । चैत २७ बाट प्रदर्शनमा आउने यस फिल्म आफू आधुनिक राजकुमारीको भूमिकामा रहेको खुलाएकी छन् ।

उक्त फिल्मले एक्सन, इमोसन र सम्पेन्सले मिश्रणसहितले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दिव्याको दाबी छ ।

दिव्या अघिल्ला दुई फिल्मका कामबाट चर्चामा आउन सकेकी नायिका होइनन् । उनको स्टार नायकको छायामा परिन् ।

‘राम नाम सत्य’मा भने आफूले काम देखाउने गरी अभिनय गर्ने पाएकी उनको भनाइ छ ।

उनले थपिन्, ‘यो एउटा पूर्ण फिल्म हो । मैले मेरो फिल्म भनेर भनेको होइन । फिल्म एकदमै राम्रो बनेको छ । म पर्दामा पहिलाभन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले देखाउन पाएको छु ।’

फिल्ममा दिव्या नायक सुशील श्रेष्ठको जोडीको भूमिकामा छिन् ।

यो फिल्ममा दिव्याका साथमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट र आयुष सिंह ठकुरी शीर्ष भूमिकामा छन् ।

यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।

निर्देशक माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : ४० बजे

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा