राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने « Khabarhub

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनका साथै उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

बिहीबार बस्ने बैठकमा दलका नेताको शुभकामना मन्तव्य दिने गरी कार्यसूची तयार गरिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएका हुन् ।  त्यस्तै उनले सभामा आवश्यक सहकार्य र सहजीकरणको लागि आग्रह गरेका थिए  ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ५६ बजे

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी

गोली चलाउन आदेश दिने रिजाल छुट्दा ओली र लेखक किन हिरासतमा ?

काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो

निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ