सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास « Khabarhub

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल जबरस्ती पठाउने कोसिस भइरहेको छ।

आफूले निर्वाचनमा जानुपर्ने बताउँदा बताउँदै पनि पेलेर बादलको नाम लैजान खोजेको युवा नेता सुहाङ नेम्बाङ पक्षले आरोप लगाएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा उपाध्यक्ष बादलको बलजफ्ती सहमति गराउन खोजिएको गुनासो सुहाङ पक्षको छ।

सहमति नजुटेपछि जबरजस्ती बादलको नाम पठाउन खोजेपछि नेम्बाङ पक्षले प्रतिरोध गरेको छ।

नेम्बाङ पक्षले एक भोट आए पनि निर्वाचनको सामना गर्ने अडान लिएको छ। स्वच्छ र निष्पक्ष ढंगले निर्वाचन हुनुपर्ने सुहाङ पक्षले गरिरहेको छ।

एमाले संसदीय दलको नेतामा दाबी गरेका सुहाङ इलाम २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उता बादललाई भने अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा राखेर सांसद बनाएका हुन् ।

एमाले अध्यक्ष ओलीले बादललाई नै दलको दिनुपर्ने निर्देशन यसअघि नै दिइसकेका छन् । सुहाङले भने भदौ २३ र २४ को जेन-जी आन्दोलन तथा फागुन २१ को चुनावी जनादेशअनुसार युवामा नेतृत्व आउनुपर्ने अडान राखेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठक यही १९ गते दिउँसो २ बजे बस्दैछ । त्यहीकारण दलहरू संसदीय दलको नेतासहित उपनेता, प्रमुख सचेतक र सचेतक चुन्ने चटारोमा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ०२ बजे

पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी

गोली चलाउन आदेश दिने रिजाल छुट्दा ओली र लेखक किन हिरासतमा ?

काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हत्याको

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो

निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी वृहत छलफल

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ