हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु « Khabarhub

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन  तत्कालै सो उपकरणको मर्मत गरी रेर आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ ।

उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्‍न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द गर्नुपरेको थियो ।

उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । उक्त उद्योगले सिमेन्टको धुलो उत्पादन गर्ने क्लिंकरको उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ । 

उद्योगमा सिमेन्ट उत्पादन गर्ने कार्य नियमित आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको जनाउँदै बाँकी नपुग कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले राससलाई जानकारी दिए । 

उनका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न तत्काल आर्थिक संकटको भार व्यहोर्नुपरेकाले सिमेन्ट उत्पादनमा अवरोध उत्पन्न हुँदै आएको हो । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेको जनाउँदै उनले अहिले विभिन्न उपकरण जीर्ण भएकाले दैनिक ११ हजार बोरामात्र उत्पादन हुने गरेको उल्लेख गरे। 

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहबाट विसं २०४३ मङ्सिर २६ गते उक्त उद्योगबाट उत्पादन हुने सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए ।
 
तत्कालीन सरकारले हेटौँडा सिमेन्ट उद्योगका लागि एक अर्ब ५० करोड लागतमा निर्माण सम्पन्न गरिएको थियो । उक्त उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत विभिन्न सहरका उपझोक्तालाई बिक्रीवितरण गर्दै आइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : १७ बजे

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ