दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते « Khabarhub

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठक्कर खाँदा १३ जना घाइते भएका छन् । 

आज अपरान्ह ३: ४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको थियो। घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार बस चालक र ट्याङ्कर चालक फरार छन । दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सडक आवागमन भने अवरुद्ध नभएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंहले जानकारी दिए । उनका अनुसार उद्धारमा इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी निरीक्षक यम सापकोटाको कमाण्डमा टोली खटिएको थियो ।

घाइतेहरूको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरु चितवन र मकवानपुरका छन । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : १४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स