वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया « Khabarhub

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक विवाद चैतमा आएर उजागर भएको छ ।

वितरक कम्पनी ‘काफिया फिल्मस्’का सञ्चालक गोबिन्द शाही र निर्माता हिमाल कडरियाबीचको आर्थिक लेनदेनको विवाद नेपाल चलचित्र निर्माता संघको पत्रले बाहिर ल्याएको हो ।

निर्माता कडरिया सम्झौताअनुसारको ३८ लाख १८ हजार नदिइ सम्पर्कविहीन भएको भन्दै वितरक शाहीले संघमा उजुरी गरेका थिए ।

यही विषयमा छलफल गर्नका लागि कडरियालाई संघले लेखेको पत्र सार्वजनिक भएको हो ।

संघले कडरियालाई फागुन २८ गते पत्र काटेर चैत ३ सम्म न्यायिक समितिको बैठकमा उपस्थित हुन भनेका थियो । चैत १८ गते पुग्दासम्म उनी सम्पर्कविहीन भएका छन् ।

वितरक शाही भन्छन्, ‘अहिले त निर्माता संघसँग पनि सम्पर्कबाट ऊ बाहिरिएको कुरा सुनेको छु ।’

कडरिया अहिले अस्ट्रेलियामा बस्दै आएका छन् ।

पत्र :

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ३० बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको