विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज « Khabarhub

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता त्यागेका १९ जना चिकित्सकको दर्ता (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलका अनुसार अमेरिकादेखि बेलायतसम्मका सात देशका राहदानी लिएका नेपालीमूलका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो । रजिस्ट्रार डा. सतिश देवका अनुसार यो निर्णय ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका क्रममा गरिएको हो ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाली नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स खारेज गरेको जनाएको छ ।

विवरणअनुसार बेलायतको नागरिकता लिएका ७ जना, अमेरिकाको ५ जना, क्यानडा र न्युजिल्याण्डका २–२ जना तथा जर्मनी, भारत र अष्ट्रेलियाका १–१ जना चिकित्सकको दर्ता खारेज गरिएको हो ।

काउन्सिलले यसलाई औपचारिक निर्णय कार्यान्वयनको प्रक्रिया भएको बताउँदै नामहरू सार्वजनिक गर्ने सूचना मात्र प्रकाशित गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ११ : १९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको