अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा « Khabarhub

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो कदम चालेको छ। शुक्रबारदेखि चीनले एस्वाटिनी बाहेक सबै अफ्रिकी देशहरूबाट आउने सामानमा लाग्ने कर (भन्सार शुल्क) हटाउने घोषणा गरेको हो। अब ५३ अफ्रिकी देशहरूलाई अब शून्य–ट्यारिफ सुविधा लागू हुनेछ।

यसअघि नै चीनले सन् २०२४ डिसेम्बरसम्म ३३ वटा अति कम विकसित अफ्रिकी देशहरूका लागि ड्युटी–फ्री नीति लागू गरिसकेको थियो। नयाँ निर्णयसँगै अब यो सुविधा अझ विस्तार भएर ५३ देशमा लागू हुने भएको छ। यो व्यवस्था सन् २०२८ अप्रिल ३० सम्म कायम रहने बताइएको छ।

चीनले आफू अफ्रिकालाई एकतर्फी रूपमा शून्य–कर सुविधा दिने पहिलो ठूलो अर्थतन्त्र भएको दाबी गरेको छ। तर केही विश्लेषकहरूले भने यसलाई चीनले आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्।

उनीहरूको भनाइमा, अफ्रिकी देशहरूका लागि मुख्य समस्या कर मात्र नभई उत्पादन क्षमता, पूर्वाधार र व्यापार सन्तुलनसँग पनि जोडिएको छ।  

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : ५४ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य