गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन « Khabarhub

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरिपरि बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको पहिलो शृङ्खलामा बोल्दै सभापति थापाले भन्सारमा कडाइ गर्दा सीमा वरिपरि बस्ने नागरिकहरूको दैनिक जीवनयापनमा नै समस्या देखिएको भन्दै यसबारे सदन र विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने बताएका हुन्  । 

उनले भन्सारमा कडाइ गर्दा स्थानीय नागरिकमाथि सुरक्षाकर्मीबाट हुने व्यवहारले आत्मसम्मानमाथि चोट पुगेको देखिएको धारणा राखे । भन्सारमा कडाइ गर्दा व्यवहारिक पक्षलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सभापति थापाले भन्सारमा राम्रो गर्ने नाममा नागरिकलाई अनावश्यक दुख दिने जस्ता नचाहिने कुराहरूमा हात हाल्ने काम नगर्न सरकारलाई सुझाव समेत दिए । 

सीमामा हुने गरेको अव्यवहारिक कुराहरूलाई सधैँको लागि बन्द गर्नुपर्ने भए पनि कांग्रेस सरकारमा नै भएका बेला सय रुपैयाँ भन्दा बढीका सामानमा कर लगाउने काममा जोड दिँदा आफूहरूकै दबाबमा सरकार पछि हट्नु परेको उनले बताए । 

सभापति थापाले अहिले जनताले उठाएका प्रश्न र गुनासालाई सुन्न सरकार तयार हुनुपर्नेमा जोड दिए । सिमानाको छेउमा बस्ने नागरिकहरूलाई अपराधी जस्तो गरी काम गर्नु उचित नहुने उनको भनाइ छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १ : ५६ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले