यूएईविरुद्धको नेपालले रोमाञ्चक जित « Khabarhub

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो ।

डकवर्थ लेविस मेथडका आधारमा २५५ रनको लक्ष्य पाएको यूएई निर्धारित ३८ ओ‌भरमा ८ विकेट गुमाउँदै २४८ रनमा समेटियो ।

यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाए । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, खुजैमा तनवीरले २६ बलमा ४९ रनको विष्फोटक पारी खेले ।

यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाए । त्यस्तै, अक्षदीप नाथले ३२ बलमा ३६ रन बनाए भने आयंश शर्माले ३२ बलमा ३३ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए ।

यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए ।

वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का