यूएईविरुद्धको नेपालले रोमाञ्चक जित « Khabarhub

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबारको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो ।

डकवर्थ लेविस मेथडका आधारमा २५५ रनको लक्ष्य पाएको यूएई निर्धारित ३८ ओ‌भरमा ८ विकेट गुमाउँदै २४८ रनमा समेटियो ।

यूएईका मुहम्मद शहदादले सर्वाधिक ६५ रन बनाए । ७२ बलको सामना गरेका उनले ४ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, खुजैमा तनवीरले २६ बलमा ४९ रनको विष्फोटक पारी खेले ।

यूएईका हरप्रित सिंहले ४० बलमा ४१ रन बनाए । त्यस्तै, अक्षदीप नाथले ३२ बलमा ३६ रन बनाए भने आयंश शर्माले ३२ बलमा ३३ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८९ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन जोडे । गुल्शन झाले ३८ बलमा ४४ रन बनाए ।

यूएईका जुनैद सिद्दिक र अजय कुमारले समान दुई तथा खुजैमा तनवीर र हैदर अलीले समान एक विकेट लिए ।

वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २ सय ५५ रनको लक्ष्य पाएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : १७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली