प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध ! « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफका क्रममा दिएको अभिव्यक्तिको असर सीमा क्षेत्रमा देखिन थालेको छ । भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति लगत्तै नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले अवरोध सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्‍याएको छ ।

नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको स्थानीयलाई उधृत गर्दै । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका छन् । निर्माणस्थलमा भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको स्थानीयबाट जानकारी पाएको उनले बताए । उनका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिइसकेको छ ।

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको उनको भनाइ छ ।

निर्माणाधीन तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ ठेक्काअन्तर्गत बाँध निर्माण भएको हो । स्थानीयका अनुसार २०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले झन्डै ७ हजार हेक्टरमा सीमित भएको छ । उत्तर र पश्चिमतर्फ नारायणी नदी तथा दक्षिण र पूर्वतर्फ भारतको बिहार राज्यले घेरिएको यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।

गृह मन्त्रालयका अनुसार सुस्ता–५ स्थित नारायणी नदीको झोलुङ्गे पुल नजिक सिँचाइ विभागको परियोजनाअन्तर्गत करिब एक किलोमिटर र थप १ सय ३२ मिटर तटबन्ध निर्माण भइरहेको छ । यसको उद्देश्य सुस्तालाई नदी कटान र बाढीजन्य जोखिमबाट जोगाउनु हो ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ११ : ४८ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन