प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध ! « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफका क्रममा दिएको अभिव्यक्तिको असर सीमा क्षेत्रमा देखिन थालेको छ । भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति लगत्तै नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले अवरोध सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्‍याएको छ ।

नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको स्थानीयलाई उधृत गर्दै । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताएका छन् । निर्माणस्थलमा भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको स्थानीयबाट जानकारी पाएको उनले बताए । उनका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिइसकेको छ ।

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको उनको भनाइ छ ।

निर्माणाधीन तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ ठेक्काअन्तर्गत बाँध निर्माण भएको हो । स्थानीयका अनुसार २०३० सालअघि करिब ७५ हजार हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले झन्डै ७ हजार हेक्टरमा सीमित भएको छ । उत्तर र पश्चिमतर्फ नारायणी नदी तथा दक्षिण र पूर्वतर्फ भारतको बिहार राज्यले घेरिएको यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।

गृह मन्त्रालयका अनुसार सुस्ता–५ स्थित नारायणी नदीको झोलुङ्गे पुल नजिक सिँचाइ विभागको परियोजनाअन्तर्गत करिब एक किलोमिटर र थप १ सय ३२ मिटर तटबन्ध निर्माण भइरहेको छ । यसको उद्देश्य सुस्तालाई नदी कटान र बाढीजन्य जोखिमबाट जोगाउनु हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ११ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का