इरान–अमेरिका सम्झौतामा अन्योल, अधिकार सुरक्षित नभएसम्म सहमति नगर्ने तेहरानको अडान « Khabarhub

इरान–अमेरिका सम्झौतामा अन्योल, अधिकार सुरक्षित नभएसम्म सहमति नगर्ने तेहरानको अडान


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिका र इरानबीच सम्भावित आणविक सम्झौताबारे अनिश्चितता फेरि गहिरिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसमक्ष नयाँ तथा कडा प्रस्ताव अघि सारेको खबर सार्वजनिक भइरहेका बेला तेहरानले इरानी जनताको अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ।

इरानका वरिष्ठ नेता  मोहम्मद बाघेर गालिबाफले आइतबार अमेरिकालाई सहजै विश्वास गर्न नसकिने बताउँदै इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता अनुमोदन नगरिने बताएका हुन्। उनको भनाइ ट्रम्प प्रशासनले इरानलाई संशोधित प्रस्ताव पठाएको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्ट सार्वजनिक भएपछि आएको हो। यद्यपि प्रस्तावका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

सम्भावित सम्झौताले मध्यपूर्वमा जारी तनाव कम गर्ने, क्षेत्रीय स्थिरता कायम गर्ने तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुजको जलडमरू लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको मानिएको छ। तर प्रस्तावमा हुने कुनै पनि परिवर्तनले वार्ता थप लम्बिन सक्ने र लामो समयदेखिको अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको छ।

इरान फेब्रुअरीदेखि अमेरिकासँग आफ्नो आणविक कार्यक्रमको भविष्यबारे वार्तामा संलग्न छ। तर त्यसबीच अमेरिका र इजरायलले गरेको हवाई तथा मिसाइल आक्रमणका कारण इरानका सुरक्षा तथा राजनीतिक नेतृत्व तहमा ठूलो क्षति पुगेको थियो। त्यसयता दुवै पक्षबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।

तेहरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्‍याउँदै आएको छ। तर अमेरिका तथा उसका पश्चिमी साझेदारहरूले इरानले अन्ततः आणविक हतियार विकास गर्न खोजिरहेको आशंका व्यक्त गर्दै आएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो प्राथमिकता इरानलाई कुनै पनि प्रकारको आणविक हतियार विकासबाट रोक्नु र युद्धका कारण प्रभावित भएको हर्मुज जलघाँटीको सञ्चालन पुनः सामान्य बनाउनु रहेको बताएका छन्। उनले इरानले आणविक हतियार नबनाउने विषयमा सहमति जनाएको दाबी गरेका छन्।

तर तेहरानले ट्रम्पका दाबीप्रति शंका व्यक्त गर्दै आएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तासम्बन्धी पाठ आदानप्रदान जारी रहेको र अन्तिम निष्कर्ष नआउँदासम्म बाहिर आएका धेरै दाबी अनुमानमै आधारित रहेको बताएका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले औपचारिक सम्झौताअघि करिब १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको छ। साथै, आफ्नो समृद्ध युरेनियम भण्डार नष्ट गर्नुपर्ने ट्रम्पको अघिल्लो टिप्पणीलाई इरानले अस्वीकार गरेको छ।

यसबीच सैन्य क्षेत्रमा पनि नयाँ तथ्य सार्वजनिक भएका छन्। अमेरिकी पक्षले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई ठूलो क्षति पुर्‍याएको दाबी गरे पनि स्याटेलाइट तस्बिरहरूको विश्लेषणले प्रभावित अधिकांश भूमिगत मिसाइल केन्द्र पुनः सञ्चालनतर्फ उन्मुख रहेको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अप्रिलमा तेहरान र वासिङ्टनबीच अस्थायी युद्धविराम भएपछि इरान र खाडी क्षेत्रका आक्रमणहरूमा कमी आएको भए पनि पूर्ण शान्ति कायम हुन सकेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी सैन्य ड्रोन खसालेको दाबी गरेका छन्, तर अमेरिकाले त्यसको पुष्टि गरेको छैन।

हर्मुज जलघाँटीको व्यवस्थापन पनि अहिलेको वार्ताको प्रमुख मुद्दा बनेको छ। ट्रम्पले सम्भावित सम्झौताअन्तर्गत इरानले जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क नलिने दाबी गरेका छन्। तर इरानी स्रोतहरूले त्यस्तो व्यवस्था प्रस्तावित मस्यौदामा नरहेको बताएका छन्।

यसैबीच, तेहरानले सम्भावित शान्ति प्रक्रियामा लेबनानको प्रश्न पनि समावेश हुनुपर्ने अडान राखेको छ। हिजबुल्लाहर इजरायलबीच औपचारिक युद्धविराम घोषणा भए पनि दुवै पक्षले एकअर्कामाथि उल्लंघनको आरोप लगाइरहेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको देइर जहरानी क्षेत्रमा आइतबार भएको इजरायली आक्रमणमा तीन महिलासहित आठ जनाको मृत्यु भएको छ। रणनीतिक महत्वको ब्यूफोर्ट महल क्षेत्रको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार आपतकालीन बैठक बोलाउने भएको छ।

इजरायली प्रधानमन्त्री  बेन्जामिन नेतन्याहुले ब्युफोर्ट किल्लामाथिको नियन्त्रणलाई ‘नाटकीय परिवर्तन’ को संज्ञा दिएका छन्।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १२ : ३६ बजे

विपक्षीको एकस्वर- प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिदैनौँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको

बालेनको ‘बबन्डर’बीच भारततिर रवि, मोदीसँग होला भेट ?

काठमाडौं- नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री बालेन

लोकसेवा आयोगको ७६औँ स्थापना दिवस

काठमाडौं– आगामी असार १ गते लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

एजेन्सी– मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा

उषा र सिम्रन बिनै ‘आबाट आमा २’को सुटिङ

काठमाडौं – हिट फिल्म ‘आमाबाट आमा’का नायिकाहरू सिम्रन पन्त र