विपक्षी दलको मोर्चामा श्रम संस्कृति पनि जोडियो « Khabarhub

विपक्षी दलको मोर्चामा श्रम संस्कृति पनि जोडियो


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आयोजनामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकमा श्रमसंस्कृति पार्टी पनि मिसिएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा श्रमसंस्कृतिका सांसदहरू आरेन राई र ध्रुवराज राई सहभागी भएका हुन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ।

यसअघि वालेन्द्रको चर्को विरोध गर्दै आएको श्रमसंस्कृति विपक्षी मोर्चामा जोडिएको थिएन। तर आइतबार वालेन्द्रले नेपाली राष्ट्रिय हितविपरीतको अभिव्यक्ति दिएको भन्दै सबै विपक्षी दल एकजुट भएका हुन् ।

यसअघि गत १६ वैशाखमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा श्रम संस्कृति जोडिएको थिएन । पहिलो पटक उक्त दल पनि अब विपक्षी मोर्चामा मिसिएको हो ।

यस बैठकमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमाले दलकी उपनेता पद्मा अर्याल, राप्रपाकी खुश्वु ओलीसहित सहभागी छन् ।

सरकारले संसद् छलेर अध्यादेश ल्याएदेखि नै प्रतिपक्षी दलहरू आक्रोशित थिए । तर वैशाख २८ मा नीति तथा कार्यक्रम पेश हुँदा बीचमै उठेर हिँडेका बालेनले आइबार सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा गम्भीर अभिव्यक्ति दिएसँगै सबै विपक्षीले मोर्चा कसेका हुन्।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १२ : ५३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००