ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन् « Khabarhub

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाह अर्को विवादमा परेका छन् ।

आइतबार अचानक संसद् भवनमा छिरेका उनले हात उठाउँदै सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोलेका थिए।

त्यसक्रममा उनले प्रतिपक्षी दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको भूमि मिचेको विवादित भनाइ दिएका थिए।

उक्त भनाइपछि सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलहरू पनि भड्किएका छन् । सोमबार बसेको संसद् बैठकमा प्रतिपक्षी दलहरू एक मत भएर सरकारालई घेराउ गरेका छन् ।

सुरूबाटै विरोधमा उत्रिएका प्रतिपक्षी सांसदहरूले नाराबाजी गरिरहेका छन् । विरोधका बीच सभामुख अर्यालले बोल्ने समय प्रतिपक्षीलाई दिए ।

प्रतिपक्षीका तर्फबाट बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्रले लगातार संसद्को अपमान गरिरहेको बताए ।

उनले वालेन्द्रको भनाइप्रति आपत्ति जनाउँदै पोशाकप्रति पनि आपत्ति प्रकट गरे । ‘प्रधानमन्त्री वालेन्द्र सेनाकहाँ जाँदा दौरासुरुवालमा सजिन्छन् । तर उनै सदनमा भने फुटबल खेल्ने पोशाक लगाएर आउँछन्। यो संसद्लाई फेशन शो गर्ने थलो बनाइएको छ।’

उनले वालेन्द्रबाट संसद्मा राखिएको भनाइ रेकर्डबाट हटाउनुका साथै सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  २ : ४५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट